सिद्धार्थ र कियारा को घरमा छोरीको आगमन

सिद्धार्थ र कियारा को घरमा छोरीको आगमन

काठमाडौँ। बलिउड जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा छोरीको आगमन भएको छ।

कियाराले मंगलबार साँझ मुम्बइको एक अस्पतालमा आफ्नो पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी हुन्। बुधबार सिद्धार्थ र कियाराले आफूहरू आमाबुवा बनेको इन्स्टाग्राममार्फत आधिकारिक घोषणा गरेका छन्।

सामान्य प्रसवपछि छोरीलाई जन्म दिएकी कियारा र नवजात शिशु दुवैको स्वास्थ्य राम्रो रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

सन २०२१ को हिट फिल्म ‘शेरशाह’ को छायांकनका क्रममा सिद्धार्थ र कियारा नजिक भएका थिए। उनीहरूले फेब्रुअरी २०२३ मा विवाह गरेका थिए।

यो जोडीको आगामी फिल्मबारे कुरा गर्दा कियारा ऋतिक रोशन र जुनियर एनटीआरसँग ‘वार २’ मा काम गर्दैछिन्। त्यस्तै, सिद्धार्थ जान्हवी कपूरसँग ‘परमसुन्दरी’ को छायांकन गर्दैछन्।