फ्रेण्ड्स सिनेमाजमा ‘जारी २’ रातिको शो समेत हाउसफुल

फ्रेण्ड्स सिनेमाजमा ‘जारी २’ रातिको शो समेत हाउसफुल

सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला ‘जारी २ : सङ अफ च्याब्रुङ’ शुक्रबारदेखि नेपालसहित विश्वबजारमा प्रदर्शनमा आएको छ। फिल्मले रिलिजको पहिलो दिन देशभर २५८ शो प्राप्त गरेको छ भने दर्शकको उत्साहले देशभर हाउसफुलको माहोल देखिएको छ।

धरानमा रहेको फ्रेण्ड्स सिनेमाजमा फिल्मले शुक्रबार सातवटा शो पाएको थियो। बिहान ६ बजेदेखि राति ११ बजेसम्म चलेका ती शोहरूमध्ये रातिको ११:१५ बजेको शो सहित ६ वटा शो पूर्ण रूपमा हाउसफुल भएका छन् भने बिहानको ६ बजेको शोमा पनि १४७ टिकट बिक्री भएको थियो।

शनिबार पनि फ्रेण्ड्स सिनेमाजले ‘जारी २’ का लागि सातवटा शो निर्धारण गरेको छ। बिहानदेखि साँझसम्मका अधिकांश शोमा सीट भरिसकेका छन् भने आइतबारको एड्भान्स बुकिङ समेत आक्रमक देखिएको छ। स्थानीय स्तरमा फिल्मप्रतिको उत्साहले हलमा लगातार दोहोरिने दर्शकको संख्या बढाएको छ।

पूर्वी नेपालका हलमा दर्शकको आकर्षण उच्च देखिँदै गर्दा ‘जारी २’ ले यस सप्ताहन्तमा बक्स अफिसमा ‘वेभ’ ल्याउने निश्चित देखिन्छ। समीक्षक र दर्शक दुवैबाट फिल्मको कथा, अभिनय र निर्देशनको प्रशंसा भइरहेको छ।

फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्।