धरानमा रहेको फ्रेण्ड्स सिनेमाजमा नयाँ नेपाली फिल्मका पोस्टरहरूले हललाई रंगीन र उत्साहपूर्ण बनाएको छ। हलको भित्तामा टाँसिएका पोस्टरहरूले दर्शकहरूलाई नयाँ कथाहरूको अनुभव लिन आकर्षित गरेका छन्।
आजदेखि रिलिज भएका नेपाली फिल्म “ताराहरु”, “जनै हराएको मान्छे” र “माग्ने राजा”हरूले हलमा चहलपहल थपेका छन् भने नयाँ फिल्मको प्रचारप्रसार पनि निकै तिव्र छ ।
भदौदेखि दशैँसम्म “गुन्योचोलो”, “अभिमन्यु”, “जारी २”, “कोशीढुङ्गा”, “माइतीघर”, “बलिदान”, र “हरिबहादुरको जुत्ता” जस्ता थुप्रै नयाँ नेपाली फिल्महरू रिलिज हुँदैछन्। पोस्टरहरूले मात्र होइन, नयाँ कथाहरू र पात्रहरूको झल्कोले पनि दर्शकहरूको उत्साह बढाएको सिनेमाज व्यवस्थापनले जानकारी दिएको छ।
धरानमा दशैँको सांस्कृतिक माहोलसँगै, फ्रेण्ड्स सिनेमाजमा नयाँ फिल्मका पोस्टरहरुले नेपाली फिल्मप्रेमीहरूका लागि थप आकर्षण थपेको छ।
Comment