फिल्म ‘माइतीघर’ आउँदो असोज १३ गते, दशैंको फूलपातिका दिन प्रदर्शनमा आउँदैछ। सन् २०२३ सालमा बनेको ऐतिहासिक नेपाली फिल्मको नामबाट प्रेरित यस नयाँ फिल्मले पुरानो भावनासँग जोडिने प्रयास गरेको छ। विशेष गरी त्यस समयको चर्चित गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’लाई नयाँ संगीत संयोजन र प्रस्तुतिमा रिक्रिएट गरिएको छ।
फिल्म म्याग्दीको ताकम र दरबाङ क्षेत्रका प्राकृतिक र सांस्कृतिक परिवेशमा निर्माण गरिएको हो। यसले कथालाई मौलिकता र स्थानीय स्वाद दिने विश्वास गरिएको छ।
रोहित अधिकारीको निर्माणमा बनेको फिल्म ‘रोहित अधिकारी फिल्म्स’को ब्यानरमा तयार भएको हो भने निर्देशन मिलन तामाङले गरेका छन्। केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुत र श्यामाश्री शेर्पा मुख्य भूमिकामा देखिनेछन्।
फिल्मले नेपाली समाज, परिवार र भावनालाई समेट्ने कथा बोल्नेछ। नयाँ कलाकार, नयाँ प्रस्तुतिमा पुरानो भावनालाई समेट्ने प्रयास गरिएको यस फिल्मप्रति दर्शकमाझ चासो बढ्दो छ।
Comment